राम नारायण पंडित, सिरहा, २ माघ । सिरहामा केहि समययता श्रृंखलावद्ध रुपमा बम विस्फोट भईरहेको छ ।
प्छिल्लोपटक मिर्चैयामा शुक्रबार साँझ बम बिस्फोट गरिएको छ । शिला पेट्रोल पम्पमा बम बिस्फोट गरिएको छ । विगत महिनादेखि तराई मधेशमा आन्दोलन जारी रहेपनि शिला पेट्रोल पम्पले ईन्धन कालोबजारी गरिरहेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहले फोन मार्फत सञ्चारकर्मीहरुको जानकारी गराएका हुन् ।
ईन्धन कालोबजारी नगर्न भने पनि नमानेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको अध्यक्ष सिंहले दाबी गरे । पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहको नेतृत्वमा पार्टीका सिरहा इन्चार्ज अबिनास त्यागी सहितका कार्यकर्ताहरुको समुहले बम बिस्फोट गरेको छ । बम बिस्फोट भएपछि त्यहाँका स्थानिय वासिन्दाहरु त्रसित भएका छन् ।
यसैबिच, मधेश बिरोधी संबिधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई पनि सरकार छाडेर तराई झर्न आह्वान गरिएको जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष सिंहले बताए । यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी उपरिक्षक श्याम सिंह चौधरीले उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको बताए । श्रृंखलावद्ध रुपमा बम बिस्फोट भएपछि प्रहरीले सुरक्षा सर्तकता बढाईएको छ । यसअघि सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेट्रोलपम्पमा पनि जनतान्त्रिक टाईगर जनशक्ति पार्टीले बम बिस्फोट गराएको थियो ।