• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पाराडाइज र राजदेवीमा हस्ताक्षर कार्यक्रम

राजविराज, ३० पुस । सदभावना पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार मधेशी मोर्चा सप्तरी र मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीको अगुवाईमा विहिवार पाराडाइज कलेज र राजदेवी मा.वि.मा कक्षागत रुपमा आन्दोलनबारे जानकारी गराउँदै हस्ताक्षर अभियान कार्यक्रम आयोजना गरियो ।
अभियान कार्यक्रममा विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव केसीले मधेशीलगायत देशका जनताको अधिकार प्राप्तिकालागि हामी सबैलाई एकजुट भएर जनविद्रोह गर्नुपर्नेमा जोड दिए । जनताको अगाडि कुनै पनि निरंकुशता नटिक्ने भन्दै सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीका सदस्यहरू संजीव दास, दिनेश शर्मा, सर्वेश झालगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरे । कार्यक्रम पश्चात हस्ताक्षर अभियान कार्यक्रम समेत आयोजना गरिएको थियो