बीरगञ्ज, ३० पुस । संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले विहीबार बीरगञ्जमा मोटरसाइकल रयाली सहित विभिन्न सरकारी कार्यालय अगाडी टायर बालेर प्रर्दशन गरेको छ ।
गठबन्धन पर्साका संयोजक ईश्वर यादवको नेतृत्वमा बीरगञ्जको घण्टाघरबाट शुरु भएको रयाली नगर परिक्रमा गरि समापान भएको थियो । जारी मधेस आन्दोलनको मर्म र भावना विपरित गएर पर्साका सरकारी कार्यालयहरु खोलेर बन्दको अवज्ञा गरेको हुनाले अविलम्ब बन्द गरेर गठबन्धनले कडा चेतावनी दिएको छ ।
युवा गठबन्धनका नेताहरुले आन्तरिक राजश्व कार्यालय अगाडि टायर बालेर प्रर्दशन गर्नुको साथै अन्य सरकारीको अगाडी समेत प्रदर्शन गरेका थिए । साथै गठबन्धनका सम्पूर्ण युवाहरु मित्तेरी पुलमा धर्ना बसेको गठबन्धनका संयोजक यादवले बताए । र्यालीसहित अन्य विरगञ्जको कार्यक्रममा युवा गठबन्धनका सल्लाहकार ओम प्रकाश सर्राफ, नेताहरु धर्मेन्द्र पटेल, सन्तोष साह, जादोलाल साह, अनिल गुप्ता, धुरेन्द्र पटेल, भागिरथ साह फिरोज बादशाह, विष्णु पटेल, महेश पटेल, प्रवेश सर्राफ, हरेन्द्र ठाकुरलगायत उल्लेख मात्रामा सहभागिता रहेको थियो ।
गठबन्धनले मधेस आन्दोलन बदनाम गर्ने कृयाकलाप बन्द गर्न आग्रह गर्दै त्यसता कदम नसच्याए कडा प्रतिकार गर्ने जनाएको छ । मधेस आन्दोलन सफल नभए सम्म सरकारी कार्यालय खोल्न पाइदैन, मधेसको माँग पुरा गर, जय मधेस लगायतको नाराहरु लगाएका थिए ।