वीरगञ्ज, २९ पुस । वीरगञ्ज पब्लिक कलेजले बिबिए प्रथम सेमेस्टरका बिद्यार्थीहरुका लागि एक दिने अभिमुखिकरण तालिम होटल मकालुमा सम्पन्न गरेको छ ।
कलेजका कार्यकारी निर्देशक डा. दिपक शाक्यको सभापतित्वमा सम्पन्न तालिममा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल केडियाको प्रमुख आतिथ्यम सम्पन्न भएको छ । तालिमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केडियाले तालिममा सिकेका कुराहरु ईमन्दारीपुर्वक जिवनमा लागु गरे अवश्य नै फलदायी हुने बताउँदै ईमान्दारिता ,लगन ,अनुशासन भए जिवनमा लक्ष्यसम्म पुगिने बताए ।
आफुले सिकेका वा पढेका बिषयमा ज्ञान र क्षमतावान नभए अनपढ सरह नै हुने तर आफुमा सीप ,क्षमता र लगन भए कुशल नेतृत्व लिन सकिने र जिवनमा सफल व्यक्ति बन्न सकिने धारणा राखे । तालिममा अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, वीरगञ्ज टेलिभिजनका उज्जवल घिमिरे,वीपीस कलेजका कोडिनेटरद्वव प्रेम पटेल र अरबिन्द्र श्रेष्ठ लगायतकाले आ आफनो धारणा राख्दै बिद्यार्थीहरुको उज्जवल भबिष्यको कामना समेत गरे ।
तालिममा कलेजका प्राध्यापक राम सोनी, फोटो पत्रकारद्वव एस.एमजहाँगस्त र दिपक चौरसियालगायतको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशान्त सर्राफ र आरती साह तथा सन्नी सर्राफ र रत्ना शर्माले गरेका थिए ।