• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सिरहाको गोपाल पेट्रोलपम्पमा बम बिस्फोट

राम नारायण पंडित

सिरहा, २९ पुस । लहान, २९ पुस । सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेट्रोल पम्पमा बम बिस्फोट गरिएको छ ।
विगत ५ महिनादेखि तराई मधेशमा आन्दोलन जारी रहे पनि गोपाल पेट्रोल पम्पले इन्धन कालोबजारी गरिरहेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंह फोन मार्फत सञ्चारकर्मीहरुको जानकारी गराएका छन् । ईन्धन कालोबजारी नगर्न भने पनि नमानेकोले चेताबनी स्वरुप बम बिस्फोट गराईएको अध्यक्ष सिंहले दाबी गरे ।
जनतान्त्रिक तराई जनशक्ति पार्टीका अध्यक्ष सिंहको नेतृत्बमा पार्टीका जिल्ला इन्चार्ज अबिनास सिंहसहितका कार्यकर्ताहरुको समुहले बम बिस्फोट गराएको बताईएको छ । बम बिस्फोटले स्थानियवासिन्दाहरु त्रसित भएका छन् । यसैबिच, मधेश बिरोधी संबिधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई पनि सरकार छाडे्र तराई झर्न आहबान गरिएको जनतान्त्रिक तराई जनशक्ति पार्टीका अध्यक्ष सिंहले बताए । यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी उपरिक्षक श्याम सिंह चौधरीले उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको बताए ।