• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बाल क्लव सञ्जालद्वारा पुरस्कार वितरण

राजविराज । वाल संरक्षण, उत्थान एवम् अधिकारका लागि विभिन्न गतिविधि सञ्चालन गर्दैआएको जिल्ला वाल क्लव संजाल सप्तरीले आयोजना गरेको अन्तरव्रिmया कार्यव्रmममा प्रथम भएका बाल प्रतियोगिहरुलाई मङ्गलवार सम्मानित गरिएको छ ।
तीन दिन अघि सञ्जालले गरेको कार्यव्रmममा विजयी भएका विद्यार्थीहरुलाई मंगलवार एक कार्यव्रmमको आयोजना गरि सम्मानित गरिएको हो । ह्याप्पील्याण्ड वाल क्लवका अध्यक्ष पुस्कर झाको अध्यक्षता एवम् कार्यव्रmम संयोजक दिवाकर साहद्वारा सञ्चालित कार्यव्रmममा प्रमुख अतिथि मधेशी मोर्चाका नेता दयानन्द गोइत, प्रिन्सिपल विजयानन्द झा, जिल्ला वाल क्लवका अध्यक्ष अमर यादव लगायतले विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेका छन् ।