• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आन्दोलनाई अपब्याख्या गरेर बदनाम गराउने प्रयासः नेता साँवा

मोरङ्ग, २८ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध नेताहरुले जारी आन्दोलन मधेसीहरुको अधिकारका लागि नभई सम्पूर्ण उपेक्षित समुदाय र वर्गका लागि भएको बताएका छन् ।
विराटनगरस्थित महारबीरचोकमा मङ्गलवार मोर्चाले गरेको विरोधसभामा बोल्दै मोर्चामा आबद्ध नेताहरुले यस्तो बताएका हुन् । कोणसभामा बोल्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य लोकबहादुर साँवाले जारी आन्दोलन मधेसीहरुको अधिकारका लागि मात्र नभई सम्पूर्ण उपेक्षित समुदाय र वर्गका लागि भएको बताए । उनले आन्दोलनाई अपब्याख्या गरेर बदनाम गराउने प्रयास भएको दाबीसमेत गरे ।
सांसद् उषा यादवले जारी आन्दोलन सत्ता परिवर्तनका लागि नभई व्यवस्था परिवर्तनका लागि भएको बताए । मोर्चाका मोरङ संयोजक राजकुमार यादवले जारी संविधान प्रतिगामी रहेको दाबी गर्दै मोर्चाको माग समावेश गरेर संशोधन नगरिएसम्म आन्दोलन जारी रहने बताए ।
सभामा जनता दलका तरवेज हक, तमलोपाका मोहम्मद कादिर, सद्भावनाका राजेन्द्र गुप्ता र दिलीप खेरवारलगायतका वक्ताहरुले समेत मन्तव्य व्यक्त गरे । विरोधसभा अघि रोडशेषबाट निकालिएको ¥यालीले नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।