• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वीपीसी कलेजद्वारा ‘सेल योर सेल्फ’ तालिम

वीपीसी कलेजद्वारा ‘सेल योर सेल्फ’ तालिम

वीरगञ्ज, २८ पुस । वीरगञ्ज पब्लिक कलेजले कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुका लागि सञ्चालन गरेको चार दिने सेल्फ योर सेल तालिमको मङ्गलवार एक कार्यक्रमका बीच होटल मकालुमा सम्पन्न भएको छ ।
कलेजका कार्यकारी निर्देशक डा. दिपक शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी ईन्सोरेन्सका एरिया म्यानेजर निशान्त लामिछाने, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेल, वीरगञ्ज टेलिभिजनका उज्जल घिमिरे, चपुर जेजिसका संस्थापक बालकृष्ण श्रेष्ठ, बिपीसी कलेजका प्रोग्राम कोडिनेटर प्रेम पटेल लगायतकाले आ आफनो धारणा राख्दै बिद्यार्थीहरुको उज्जवल भबिष्यको कामना गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लामिछानेले विद्यार्थीहरुले आफनो क्षमतालाई प्रस्तुत गर्न सर्वप्रथम असल नागरीकको रुपमा आफुलाई प्रस्तुत गर्न सक्नुपर्नेमा जोड दिएका छन् । लामिछानेले प्रतिस्पर्धी युगमा अुसल व्यक्तित्व बन्न अनुशासनको समेत उत्तिकै महत्वपुर्ण भुमिका रहने बताए ।
विद्यार्थीहरुले पनि अरुको भर नपरि आफ्नो क्षमतामा विश्वास गर्न आफुलाई दक्ष बनाउनु पर्ने बताउँदै लक्ष्य विनाका व्यक्ति सफल हुन नसक्ने लामिछानेले बताए । कार्यक्रममा फोटो पत्रकारहरु एस.एम जहाँगस्त, नेहाल खान, दिपक चौरसिया, बिपीसीका बिद्यार्थीहरुलगायतको सहभागिता रहेको कार्यक्रमलाई रोमित गुप्ता र शिवानी अग्रवालले सहजीकरण गरेका थिए ।