राजविराज, २६ पुस । मधेशी मोर्चा सप्तरीले आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिँदै आइतवार राजविराजमा घोडासहितको मशाल जुलुस प्रदर्शन गरिएको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुुस नगरको विभिन्न भाग परिक्रमा पश्चात सहीद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित विरोधसभामा नेपाल सद्भावना गजेन्द्रवादीकी केन्द्रीय सदस्य साबित्री पंडित, तराई मधेश सद्भावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, मधेश रक्षा वाहिनीका अध्यक्ष विनोद यादव, युवा विद्यार्थी मोर्चाका संयोजक तारकेश्वर यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका ललन यादव, मधेशी जन अधिकार फोरम गणतान्त्रिका जिल्ला सचिव अरबिन्द यादव, मधेशी मोर्चा नगर सदस्य बलराम यादव, सदस्य दिनेश प्रसाद साह, शिक्षक मञ्च सुनसरीका अध्यक्ष रामनारायण यादव, नेकपा माओवादीका जिल्ला संयोजक जयप्रकाश यादव, नेपाल किसान मञ्चका महासचिव अमरकान्त झा, सदस्य मनोज राउत, नेपाल सद्भावना पार्टीका रमेश प्रसाद सिंह, सदभावना पार्टीका जिल्ला सदस्य भोगेन्द्र मण्डल, अमरजितलगायतले सम्बोधन गरेका छन् । कार्यक्रम सञ्चालन मोर्चाका क्षेत्रीय संयोजक लक्ष्मण यादवले गरेका छन् । 

