• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लोकेन्द्र स्मृति नमनाएकोमा युनियनका केन्द्रीय सदस्य झाद्वारा दुःख व्यक्त

लोकेन्द्र स्मृति नमनाएकोमा युनियनका केन्द्रीय सदस्य झाद्वारा दुःख व्यक्त

राजविराज, २६ पुस । करिब दुई दशकदेखि निरन्तर मनाईदै आएको लोकेन्द्र स्मृति दिवस यसवर्ष नमनाईएकोप्रति नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेशकुमार झाले दुःख व्यक्त गरेको छ ।
विभिन्न कारणवस भन्दै महासंघ सप्तरीले औपचारिक विज्ञप्ती जारी गरी स्मृति दिवसलाई वेवास्ता गरेको भन्दै उनले दुःख व्यक्त गरेका हुन् । खोजमूलक पत्रकारिताकै कारण प्राण आहुति दिएका पत्रकार स्वर्गीय लोकेन्द्र बुढाथोकीप्रति हार्दिक श्रद्धा–सुमन अर्पण गर्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘सप्तरीमा नजन्मिएपनि सप्तरीलाई कार्य क्षेत्र बनाएर जिल्लाको चौतर्फी विकास र परिवर्तनकालागि क्रियाशिल भएकै कारण ज्यान गुमाएका स्वर्गीय वुढाथोकीलाई बेवास्ता गरिएको छ ।’
पत्रकारहरु विभिन्न विचारधाराबाट आवद्ध भएता पनि महासंघको नेतृत्व भने एउटा साझा धारणा र विचारधारबाट चल्नुपर्नेमा स्वर्गीय वुढाथोकी वामपन्थी विचार धाराबाट उत्प्रेरित भएको हुँदा समेत स्वर्गीय स्मृति दिवस नमनाएको प्रति उनले दुःख व्यक्त गरेका छन् । यस अघिको कार्यसमितिमा युनियनको बर्चश्व रहँदा पनि निरन्तर रुपमा स्मृति दिवस मनाउनका साथै उक्त अवसरमा प्रदान गरिदै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारलाई समेत निरन्तरता दिंदै आएको प्रेस विज्ञप्तिमा स्मरण गरिएको छ ।
‘इतिहासमै पहिलो पटक वामपन्थी विचारधाराका व्यक्तिको नेतृत्वमा रहेको कार्य समितिले स्वर्गीय पत्रकार वुढाथोकीको स्मृति दिवस समेत मनाउन नसक्नु अत्यन्तै दूर्भाग्यपूर्ण हो’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘महासंघमा पछिल्लो एक वर्षदेखि देखिएको विभिन्न प्रकारको आन्तरिक विवादलाई नेतृत्ववर्गको अकर्मण्यताका कारण मिलाउन नसक्नु र त्यसको परिणाम स्वरुप पत्रकारिताकै कारण ज्यान गुमाएका सहकर्मीहरुको स्मृति दिवस सम्म मनाउन नसक्नु जस्ता कार्यले नेतृत्वको गैर जिम्मेवारीपूर्ण रवैयालाई दर्साएको छ ।’
युवा पत्रकारहरुकालागि प्रेरणाका श्रोत मानिने उनको निर्भिकता, खोजमुलक पत्रकारिता र समाज प्रतिको उत्तर दायित्वपूर्ण व्यवहारबाट अझै अभिप्रेरित भई कतिपय युवाहरु पत्रकारितामा होमिने गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ । लामो समयदेखि महासंघभित्र देखिएको विवाद मिलाउन केन्द्रीय नेतृत्वलाई समेत आह्वान गर्दै नेपाल प्रेस युनियन पत्रकार लोकेन्द्र वुढाथोकीको हत्याको छानविन तथा दोषी उपर कारबाही गर्नमा केन्द्रीय सदस्य झाद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।