• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको कुनौली भन्सारमा विरोधसभा

राजविराज, २५ पुस । मधेशी मोर्चा सप्तरीको अगुवाइमा शनिवार सप्तरीको कुनौली भन्सारमा बृहत बिरोध सभाको आयोजना गरियो ।
विरोधसभालाई सम्बोधन गर्दै सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले झुटो वार्ताको नौटंकीको औचित्य नरहेको भन्दै क्रुर दमनकारी सरकार विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । सिमाङ्कन सुनिश्चित नगरिएसम्म आन्दोलन नरोकिने भन्दै आम जनतालाई घरघरबाट उठ्न उनले आग्रह गरे ।
विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादवले निरंकुश सरकारलाई अन्तिम धक्का दिनको लागि सम्पूर्ण युवा विद्यार्थी शक्तिलाई मधेश मुक्तिको संघर्षमा जुट्न आग्रह गरे । शिक्षक मञ्च सुनसरीका अध्यक्ष रामनारायण यादव , महिला मञ्चका केन्द्रीय महासचिव पूनम यादव, तमलोपाका  क्षेत्रीय अध्यक्ष महेन्द्र खङ्ग, रक्षावाहिनीका प्रमुख विनोद यादव, मधेशी युवा विद्यार्थी मोर्चाका संयोजक तारकेश्वर यादव, महिलानेतृ रमिला साह, नागेन्द्र झालगायतका वक्ताले खंसवादी सरकारलाई अन्तिम धक्का दिन सबैसँग आग्रह गरे । उक्त बिरोध सभा सदभावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवको अध्यक्षता सम्पन्न भएको हो ।