वीरगञ्ज, २५ पुस । वीरगञ्ज उपमहानगरपालिका वडा नम्वर २६ प्रसौनी बिर्ता टोलमा आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
शुक्रवार राती करिब १० बजेको समयमा भिमबली यादवको गोठघरमा आगलागी भएको हो । आगलागीमा परि गोठ पूर्ण रुपमा जल्नुका बाँधिएका तीनवटा भैसीहरु जलेर गम्भिर घाईते भएका छन् । गोठमा आगलागी हुँदा धान, भुस, दाउरा, काठ समेत गरी करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । स्थानियबासिन्दा, दमकल र प्रहरीको सहयोगमा करिब ३ घण्टा पश्चात आगो नियन्त्रणमा आएको थियो ।