• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विराटनगरमा बोकासहितको जुलुस

मोरङ–२५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरूले शुक्रवार विराटनगरमा बोकासहितको जुलुस प्रदर्शन गरेका छन् ।
बर्तमान सरकार आन्दोलन मार्फत उठाईएका माग सम्बोधन नगरि बोका प्रबृती देखाएको भन्दै बोकासहितको जुलुस निकालिएको मोर्चाका मोरङ प्रबक्ता मोहम्द कादिरले जनाएका छन् । स्थानिय रोडशेष चौकवाट सुरु भएको मोर्चाको जुलुस महाबीर चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा मोर्चाका नेताहरू जयराम यादब, सञ्जय सिंह, राजकुमार यादब र मोहम्द कादिर लगायतका बक्ताहरूले झापा, मोरङ र सुनसरीलाई मधेश प्रदेशमा न गाभेसम्म आन्दोलन जारी रहने प्रतिवद्धता दोहो¥याएका छन् ।