राजविराज २४ पुस । जिल्ला बाल क्लव सञ्जालले शुक्रवार सप्तरीका चार जना पत्रकारलाई सम्मानित गरेको छ ।
मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष श्रवण देव, सप्तरी जागरणका सम्पादक बैद्यनाथ यादव र सगरमाथा टेलिभिजनका सम्वाददाता एमके माझीलाई सम्मानित गरिएको हो । बालबालिकाको हक अधिकार एवम् समाज परिवर्तन र उत्थानमा विभिन्न लेख, रचना र सामाचार प्रकाशित गरी सहयोग पुरयाए वापत एक कार्यक्रमका बीच सञ्जालले सम्मान गरेको छ ।
बाल अधिकार एवम बालविवाह उत्थान गर्न जिल्ला भरी सचेतना कार्यक्रमलाई अभियानकै रुपमा सञ्जालले सञ्चालन गर्दैआएको छ । सोही अवसरमा आयोजना गरिएको जारी मधेश आन्दोलन र बालबालिकाको सवाल विषयक अन्तरक्रिया एवम सम्मान कार्यक्रममा युनिसेफका कार्यक्रम अधिकृत अशोक झालाई पनि सम्मान गरिएको छ ।