राम नारायण पंडित
सिरहा, २१ पुस । सिरहा प्रहरीले एक सातामा तीन फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारले अदालतबाट कैद तथा जरिवाना सजाय भएका फरार अभियुक्त खोजतलास गरी पक्राउ गर्ने अभियान अन्तर्गत एक सत्ता भित्रमा तीन फरार अभियुक्तलाई गिरफ्तार गरेको हो । अभियान अन्तर्गत सोमबार गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले गोलबजार नगरपालिका–२ का प्रेमकुमार लामाका छोरा ३८ बर्षिय नैन लामालाई गिरफ्तार गरिएको छ ।
जिल्ला अदालत सिरहाको २०७२ भदौ १ गतेको फैसलाले कम्प्यूटर अपराध मुद्दामा ६ महिना कैद सजाय भई फरार रहेका लामालाई गोलबजार प्रहरीले विशेष सुराकीको आधारमा गिरफ्तार गर्न सफल भएको हो । लामालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले गिरफ्तार गरिएको छ । पक्राउ गरिएको लामालाई सिरहा जिल्ला अदालतमा पेश गरिएको गोलबजार प्रहरीले जनाइएको छ । एक सातामा गोलबजार प्रहरीले एक महिला र दुई पुरुष गरी तीन फरार अभियुक्तलाई गिरफ्तार गर्न सफल भएको छ ।