• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेस आन्दोलनका घाइते पटेललाई आर्थिक सहयोग

मधेस आन्दोलनका घाइते पटेललाई आर्थिक सहयोग

वीरगञ्ज, २१ पुस । जारी मधेस आन्दोलनका गम्भिर घाइते लालबाबु पटेललाई बिभिन्न व्यक्ति एवं संघ–संस्थाले आर्थिक एवं जिन्सी सहयोग उपलब्ध गराएको छ ।

रौतहट टिकुलिया निवासी पटेललाई भदौ २७ गते गौरमा प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा सुरक्षाकर्मीको गोलीबाट गम्भिर घाइते भएका थिए । उनको उपचार वीरगञ्ज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा भईरहेको छ । उनी घाइते भएदेखि नै अस्पतालकै शैय्यामा छन् ।
पटेलको अवस्था दिन प्रति दिन नाजुक बन्दै गएको र उनको स्वास्थ्य उपचारमा सहयोग पुग्ने उदेश्यले आर्थिक एवं जिन्सी बिभिन्न व्यक्ति र संघ संस्थाहरुले सहयोग गरेका हुन । एक कार्यक्रमका बिच वीरगंज उपमहानगरपालिका वडा नं. १७ पिपराका स्थानियबासीन्दाहरुले ६ हजार एक सय पचास रुपैया सहयोग गरेका छन् । स्थानिय युवा बिशेश्वर पटेलको नेतृत्वमा गएको टोलीमा जयराम पटेल, अशोक पटेल, सुरेश पटेल, ठाकुर पटेललगायतकाले उक्त रकम अस्पतालमै गएर हस्तान्तरण गरेका छन् । 4
सदभावना पार्टी ईकाई कमिटि पिपराका अध्यक्ष कृष्णा कुमार कुर्मीको नेतृत्वमा नारायणी उपक्षेत्रिय अस्पताल गएको टोलीले गम्भिर घाइते लालबाबु पटेललाई ११ हजार ३ सय तीस रुपैयाँ नगदसहित एक थान कम्बल बितरण गरेका छन् । टोलीमा लक्ष्मण साह तेली, श्रीराम पंडित, रञ्जित कुर्मी, पुष्पराज प्रसादलगायतकाले हस्तान्तरण गरेका थिए ।
नेपाल सदभावना पार्टी महिला मञ्चका केन्द्रीय उपाध्यक्ष एवं महिला नेतृ मुन्नी श्रीवास्तवले व्यक्तिगत तीन हजार एक रुपैयाँ नगद सहयोग गरेकी छिन् । पर्सा जिल्ला गाबिस पञ्चरुखी वडा नम्वर– ७ निवासी मुर्तुजा आलमले नगद एक हजार एक सय एकाउन्न रुपैया सहयोग गरेका छन् ।
यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टी पर्साका उपाध्यक्ष जटाशंकर गुप्ताले नगद एक हजार एक सय र एक थान कम्बल, एक थान लुगा र २ थान स्वीटर आफनो तर्फबाट व्यक्तिगत सहयोग गरेका हुन् । यता जिन्सी र नगद सहयोग बुभ्mदै पटेलले आफुलाई सहयोग भन्दा पनि उचित उपचारको व्यवस्था मिलाईदिन आग्रह गरेका छन् । घाइते पटेलको चार छोरी रहेको छ । उनीहरुको उमेर १२ बर्ष मुनि रहेको छ ।