• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तीन दलसँग वार्ता गर्न मोर्चाद्वारा कार्यदल गठन

राजविराज, २१ पुस । तीन दलीय कार्यदलसँग वार्ता गर्नका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा मङ्गलबार बसेको मोर्चाको बैठकले कार्यदल गठन गरेको हो । उक्त कार्यदलमा संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, राई मधेश लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवलाई राखिएको छ ।
जोगबनी नाकामा आयोजित धर्नामा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई निर्घात कुटपीट गरी गम्भीर घाइते बनाएका थिए । उक्त घटनापछि सद्भावना पार्टीले सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने बताउँदैआएको छ । यता तीन दलबाट कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल र एमाओवादीका कृष्णबहादुर महरा रहेका छन् ।