राकेश साह
वीरगञ्ज, २१ पुस । संघीय समावेसी मधेसी युवा गठबन्धन पर्साले मङ्गलवार पनि वीरगञ्ज बजार पुर्णरुपमा बन्द गराएका छन् ।
जारी मधेस आन्दोलनको १४५ औं दिन र नाकाबन्दीको १०५ औं दिन संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवसहितको युवा नेता कार्यकर्ताहरुले वीरगञ्जको मुख्य चौकहरुमा टायर बालेर बिरोध प्रर्दशन गर्दै बजार पुर्णरुपले ठप्प पारेका छन् । मधेस आन्दोलन अन्र्तगत जारी आम हडताल पछिल्लो समय केही फितलो देखिएको भन्दै गठबन्धनले आईतबारदेखि सशक्त पारेको गठबन्धनका नेता ईश्वर यादवले बताए ।
बजार ,कलकरखाना र बितिय संस्थाहरु पुर्णरुपमा बन्द कार्यान्वयन गराउन युवा गठबन्धनका नेताहरुले मोटरसाईकल र्याली समेत निकालेका थिए । सो अवसरमा गठबन्धनका युवा नेता तथा रामपसा पर्सा सचिव धर्मेन्द्र पटेल, गठबन्धनका सल्लाहकार ओमप्रकास सर्राफ, युवा नेताहरु धुरेन्द्र पटेल, कदम रसुल, कपिलदेव तिवारी, मुस्तकिम अंसारी, अनिल गुप्ता, बिष्णु पटेल, जलेश्वर सर्राफ, असरफ मन्सुरी, संतोष गुप्ता, राहुल गुप्ता, रामअशिष प्रसादलगायतको सहभागिता रहेको थियो ।