वीरगञ्ज, २० पुस । जारी मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शेख मैरुद्दिनको सम्मानमा सोमवार वीरगञ्जको घण्टाघरमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
श्रद्धान्जली सभा संघीय समावेसी मधेसी युवा गठबन्धन पर्साका नेता एवं रामसपा पर्साका सचिव धर्मेन्द्र पटेलको सभापतित्वमा सम्पन्न भएको हो । गत भदौ २७ गौरको कविर चोकमा प्रर्दशनकारी र सुरक्षाकर्मी बिच झडप हुँदा प्रहरीको गोली लागेर घाइते भएका रौतहट अकोलवा–७ का ३९ वर्षिय शेख मैरुद्दिनको उपचारका क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा आइतवार दिउँसो मृत्यु भएको थियो ।
घण्टाघरमा आयोजित कोण सभामा गठबन्धनका नेताहरु राजकुमार यादव, कदम रसुल, मुन्नी श्रीवास्तव, युवा गठबन्धनका पर्सा संयोजक ईश्वर यादव, सल्लाहकार ओमप्रकास सर्राफ, नेताहरु धुरेन्द्र पटेल,उमेश रौनियार,जादोलाल साह, विद्यार्थी नेता राहुल गुप्तालगायतकाले श्रद्धान्जली सभामा आ–आफनो धारणा राख्दै मधेसको सम्पुर्ण माँग पुरा भए त्यही नै सच्चा श्रद्धान्जली हुने बताए । उक्त सभालाई युवा गठबन्धनका नेता अनिल गुप्ताले सहजीकरण गरेका थिए ।