• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अखिल तराई मुक्ति मोर्चाको गोली प्रहारबाट असई सुब्बा गम्भीर घाइते

अखिल तराई मुक्ति मोर्चाको गोली प्रहारबाट असई सुब्बा गम्भीर घाइते

राजविराज, २० पुस । सप्तरीको झुटकी गाविस स्थित प्रहरी चौकीमा सोमवार साँझ अखिल तराई मुक्ति मोर्चाका कार्यकर्ताहरुले गरेको आक्रमणमा परी एकजना प्रहरी सहायक निरीक्षक(असई) घाइते भएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले चलाएको गोली लागेर भद्रपुर नगरपालिका–१० घर भएका असई रमेश सुब्बा गम्भीर घाइते भएका छन् । छाती र तिघ्रामा गोली लागेका उनलाई उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
साँझ करिब ६ बजेको समयमा अज्ञात समूहले गरेको आक्रमणमा परी गम्भीर घाइते भएका करिब ४५ वर्षिय असई सुब्बाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले बताए । उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको उनले जानकारी दिए ।DSC05087
यता अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले बन्दुकको बलमा टिकेको राज्यसत्तालाई परास्त गर्न बन्दुकबाटै परास्त गर्नुपर्ने भन्दै चेतावनी स्वरुप आफ्ना कार्यकर्ताहरुले उक्त घटना गराएको बताएका छन् ।