वीरगञ्ज, २० पुस । जारी मधेस आन्दोलनको सोमवार १४४ औं दिन र नाकाबन्दीको १०४ औं दिन संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साले बिहानैदेखि वीरगंजको मुख्य चौकहरुमा टायर बालेर बिरोध प्रर्दशन गर्दै वीरगंज बजार पुर्णरुपले ठप्प पारेका छन् ।
मधेस आन्दोलन अन्र्तगत जारी आम हडताल पछिल्लो समय केही फितलो देखिएको भन्दै गठबन्धनले आईतबार देखि सशक्त पारेको गठबन्धनका नेता ईश्वर यादवले बताए । युवा गठबन्धनका संयोजक यादवको नेतृत्वमा बिरोध प्रर्दशन गर्नुको साथै बजारमा पैदल र मोटरसाईकल बाहेक अन्य सवै चिज ठप्प पार्नुको साथै वीरगंजको घण्टाघर, माईस्थाल चौक, आर्दशनगर चौक,नेश्नल टेड्रिङ्ग , चिनी मिल आवस क्षेत्र,पिपरा, प्रतिमा चौक, पावर हाउस चौक मुर्ली लगायतका स्थानमा टायर बालेर प्रर्दशन गरेका छन् ।
सो क्रममा गठबन्धनका नेताहरु राजकुमार यादव, किसोरी यादव,कदम रसुल,कपिलदेव तिवारी, दिनेश चौरसिया, युवा गठबन्धनका ओमप्रकास सर्राफ, अनिल गुप्ता, धर्मेन्द पटेल,जलेश्वर सर्राफ,संतोष साह, भरत सर्राफ, रमेश सहनी, राहुल गुप्ता, धुरेन्द्र पटेल,सीता पटेललगायतको सहभागिता रहेको थियो ।
यसैबिच संघिय समावेसी मधेसी गठबन्धन पर्साका संयोजक सरीफ अहम्दको अध्यक्षतामा बसेको बैठकमा पर्सा थोक तथा खुद्रा तथा जेनरल व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहा ,सुनचाँदी व्यवसायी संघका सचिव प्रवेस सर्राफ,लेडिज कपडा बिक्रेता संघका धर्मेन्द्र गुप्ता सहित गठबन्धनका नेताहरु राजेशमान सिंह,राजकुमार यादव,शिव पटेल,कदम रसुल,प्रेमबाबु पटेल लगायतको सहभागितामा बसेको बैठकले आन्दोलनकारी र स्थानिय व्यवसायी संघ सहकार्य गरी अगाडि बढ्ने र बिहान देखि २ बजे सम्म सम्पुर्ण बजार गर्ने सहमती गरी मधेस आन्दोलनलाई सहयोग गर्ने निर्णय गरिएको छ ।