• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

पठानकोट हमलामा सात भारतीय सैनिक र चार चरमपन्थीको मृत्यू

पठानकोट हमलामा सात भारतीय सैनिक र चार चरमपन्थीको मृत्यू

राजविराज, २० पुस । पठानकोट एयरबेसमा भएको चरमपन्थी हमलामा भारतका सात सैनिकको मृत्यू भएको छ भने २० जना सुरक्षाकर्मी घाइते भएको छ । सोही क्रममा सैनिक कार्वाहीमा चार चरमपन्थीको मृत्यू भएको छ ।
चरमपन्थी हमला प्रधानमंत्री नरेन्द्र मोदीको लाहौर भ्रमणको आठ घण्टा भएको थियो । उक्त हमलापछि दुवै देश बीच आपसी सम्बन्धको विषयमा कुराकानी भएको थियो । भारतीय सैन्य विश्लेषक उदय भास्करका अनुसार पठानकोट हमला गहन योजना पश्चात भएको छ । जसरी सैनिकहरुलाई लक्षित गरी हमला भएको छ, त्यो मामूली चरमपन्थी हमला होइन ।
भारतका लागि यो आक्रमण युद्धको छाया जस्तै हो । यसको पूरा रूपरेखा छ । मोदीको पाकिस्तान भ्रमण पछि यसरी आक्रमण हुनुलाई समान्य भन्न नमिल्ने विष्लेशकहरुको भनाइ छ । प्रधानमन्त्री मोदीको पाकिस्तान यात्रापछि यस्तो घटनाको कसैले कल्पनासम्म गरिएको थिएन । पठानकोट आसपास क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको बिबिसीले जनाएको छ । 160103074731_pathankot_attack_624x351_afp