• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

युवा विद्यार्थी मोर्चाको आह्वानमा सोमवार बृहत प्रदर्शन गरिँदै

राजविराज, १९ पुस । मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीले मधेशमुक्ति जनजागरण अभियान कार्यक्रम अन्तर्गत बृहत प्रदर्शनको पूर्व तयारी गर्न आइतवार शिक्षक सङ्गठनहरु बीच छलफल गरियो ।
केशो अनिरुद्धवति माध्यमिक विद्यालय प्राङ्गणमा विभिन्न शिक्षक सङ्गठनहरुसँग युवा विद्यार्थी मोर्चाले छलफल गरेको हो । राजविराजस्थित गजेन्द्र चौकमा सामुदायिक तथा निजी विद्यालय, टेक्निकल क्याम्पस, लगायत सम्पुर्ण शैक्षिक संघ–संगठनको सहभागितामा विशाल जुलुस प्रर्दशन र बिरोध सभा आयोजना गरिने मोर्चाका सप्तरी संयोजक तारकेश्वर यादवले जानकारी दिए ।
विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवको विशेष उपस्थितिमा आयोजित छलफल कार्यक्रममा युवा, विद्यार्थी, शिक्षक लगायत, न्यायप्रेमी जनसमुदायलाई सहभागिता जनाउन मोर्चाले आग्रह गरेको छ । राजविराज स्थित रङ्गशालामा विहान ११ बजे भेला भई नगरमा प्रर्दशन गर्दै गजेन्द्र चौकमा विशाल बिरोध सभाको आयोजना गरिने मोर्चाका संयोजक यादवले जानकारी दिए ।