राजविराज, १९ पुस । नेकपा एमालेका शिर्ष नेताहरू राष्ट्रप्रति रतिभर चिन्तित नभएको तथा राष्ट्रिय एकता खल्बलाउने अभिव्यक्ति दिँदै आएको भन्दै जिल्ला सदस्य ई. ब्रजकिशोर मण्डल पार्टी परित्यागको घोषणा गरेका छन् ।
नेताहरूले राष्ट्रिय चरित्र देखाउनुको साटो मधेसमा काम गर्ने कार्यकर्ताको मनोवल गिराउने कार्य गर्नुका साथै मधेसका जनता सामु शीर निहुराउनुपर्ने पस्थिति आएको भनी उनको ठहर छ । मधेसी जनताको भावना पार्टी समक्ष राख्दा मधेसवादी भयो भने आरोप खेप्नु परेको र नेताहरूले सधै त्यही हेला नजरले हेर्ने गरेको भावना अभिव्यक्त गर्दै मण्डलद्वारा प्रेषित पत्रमा अगाडि भनिएको छ ‘ देशमा जनताको हितको कुरा मधेस केन्द्रित दलकै माग ठान्नु, मधेसी मतदाताको ४ महिनाभन्दा बढिको बन्द र नेताहरुको गैर राजनैतिक अभिव्यक्तिले पारेको दुःखको बारेमा रती पनि विचार नगर्नु, मधेसी जनतालाई बिखण्डनकारी ठान्नु तर आफ्ना काम क्रियाले विखण्डनकारीलाई बलपुगेको र दिनानिदुन राज्यप्रति अविश्वास वढाएको देखिनु जस्ता गैर माक्र्सवादी चरित्रको कारणले एमालेमा बसी राख्नु आफुलाई आफैले धोका दिनु जस्तो हुन्छ ।’
आफू जे इच्छाले एमालेमा लागेको त्यो एमालेमा बसेर कहिले पनि पूरा हुन नसक्ने भन्दै नेकपा एमाले जिल्ला कमिटि सप्तरीका सदस्य एवम् युवा संघ नेपालको केन्द्रीय सदस्यलगायत पार्टीको साधारण सदस्य समेतवाट राजिनामा दिएको उनले घोषणा गरेका छन् । न्छु । अब उप्रान्त आफू नयाँ सोचका साथ आन्यायमा परेका जनताको पक्षमा बाँचुञ्जेल सधै वकालत गर्ने नेता मण्डलले प्रतिवद्धता व्यक्त गरेका छन् ।