राजविराज, १८ पुस । युवा विद्यार्थी मोर्चा सप्तरीको संयोजकको जिम्मेवारी तारकेश्वर यादवलाई दिईएको छ ।
मोर्चाको शनिवार सम्पन्न बैठकले संयोजकको जिम्मेवारीमा रहेका शम्भु कुमार यादवलाई सल्लाहकारमा तथा सह–संयोजकको जिम्मेवारीमा रहेका तारकेश्वरलाई संयोजकको जिम्मेवारी दिईएको हो । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेका विद्यार्थी ईञ्चार्ज अशोक कुमार यादव र विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवको विशेष उपस्थितिमा चक्रीय प्रणाली अनुसार जिम्मेवारी फेरबदल गरिएको जनाइएको छ ।
सूचना विभाग प्रमुखमा चन्दन कुमार यादव र कार्यालय सचिवमा रिता शर्मा यादवलाई यथावत राखिएको मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ । आन्दोलनलाई थप सशक्त बनाउन पुस २० गते सोमवार युवा विद्यार्थीद्वारा बृहत प्रदर्शन गरी विरोधसभाको आयोजना गरिने तथा उक्त कार्यक्रममा उच्च माध्यमिक विद्यालय, कलेजलगायत माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागिता जनाउन संयोजक तारकेश्वर यादवले आग्रह गरेका छन् ।