हनुमाननगर, १८ पुस । धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोशिस समूहद्वारा शनिवार सप्तरीको हनुमाननगरमा विपन्न परिवारलाई न्यानो लुगा वितरण गरियो ।
हनुमाननगर वडा नम्वर– १ स्थित सदा (मुसहर) परिवारलाई न्यानो लुगा वितरण गरिएको हो । प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको एक समूहले चिसोबाट बच्न एक सय थान कम्बल, ६० थान पाइन्ट, ५० थान ज्याकेट, ५० थान भेष्टलगायतका लुगाहरु ६० परिवारलाई वितरण गरिएको डा. विकास कुमार साहले जानकारी दिए । उक्त लुगाहरु सद्भावना पार्टीका उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’को विशेष पहलमा वितरण गरिएको हो । कोशीस समूहले विभिन्न सामाजिक कार्यहरु गर्दैआएको छ ।