लहान, १८ पुस । मिथिला स्टुडेन्ट युनियनद्वारा शनिवार लहानमा सरसफाई अभियानको थालनी गरिएको छ ।
लहान बजारलाई हरित नगरमा परिणत गर्ने उद्देश्यले विगत ५४ हप्तादेखि निरन्तर जारी लहान सरसफाइ अभियानलाई अझ शसक्त बनाउने लक्ष्यका साथ मिथिला स्टुडेन्ट युनियनले सहकार्य गरेका छन । लहानको वडा नम्वर ८ मा गरिएको सरसफाइमा विद्याथी, युवा, विभिन्न संघसंस्थाका कर्मचारी , सशस्त्र प्रहरी जवानहरु तथा समाजिक अगुवाहरु सहभागी भएको युनियनका अध्यक्ष दिनेश रसियाले जानकारी दिए । लहान सरसफाइ अभियानलाई अझ उत्कर्षमा पुर्याउन मिथिला स्टूडेन्ट युनियनद्वारा आउँदो शनिवार वडा नम्वर– ५ मा बृहत भेला हुने अभियानकर्मी रिना चौधरीले जानकारी दिईन् ।