• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तेल तस्करी गर्नेलाई गठबन्धनले अब नछाड्ने

तेल तस्करी गर्नेलाई गठबन्धनले अब नछाड्ने

राकेश साह
वीरगंज, १८ पुस । जारी मधेस आन्दोलनलाई अझ सशक्त बनाउन पर्साको पोखरिया नगरपालिका स्थित शहीद चन्दन पटेल चौकमा शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मधेस जन आन्दोलन समिती पोखरियाका संयोजक गोवर्द्धन यादवको सभापतित्व एवं मधेसी जनअधिकार फोरम गणतान्त्रिकका महासचिव एवम् संघिय समावेसी मधेसी गठबन्धनका नेता महम्द कदम रसुलको प्रमुख आतिथ्यमा सम्पन्न अन्तक्रिया कार्यक्रममा गठबन्धनका नेता कपिलदेव तिवारी, मनोज कुर्मी, किशोरी यादव, भोट यादव, उमेश सहनी, वकिल मियाँ, दिपनारायण रौनियार, बद्रि चौरसिया, बचन श्रीवास्तवलगायत स्थानियबासिन्दाहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव कदम रसुलले तीन दलिय गठबन्धनको सरकार मधेसीहरुको माँग प्रति गम्भिर नभएको आरोप लगाउदै केपी ओली सरकारको दम्भ समाप्त पार्न मधेसी जनताहरुलाई पुनः सडक तताउन आग्रह गरे । जारी मधेस आन्दोलनमा यस क्षेत्रको जनताको योगदान ऐतिहासिक भएको स्मरण गराउँदै ग्रामिण क्षेत्रका नाका प्रयोग गरी तेल तस्करी गर्ने तस्करहरुमाथि कडा निगरानी गर्न समेत आग्रह गरे ।
महासचिव रसुलले क्षणिक स्वार्थकालागि तस्करी गर्ने केही गलत मानसिकता बोकेका मधेसीका कारण सम्पुर्ण मधेसी समुदाय बदनाम भएको बताउदै यस्ता तस्करहरुलाई गठबन्धनले अब नछोडने बताए । कार्यक्रममा स्थानियवासिन्दा एवं वक्ताहरुले मधेस आन्दोलनलाई अझ सशक्त र उत्कर्षमा पुरयाउन प्रभावकारी भुमिका निर्वाह गर्न र मधेस आन्दोलनलाई पुनः तताउन धर्ना स्थल मितेरी पुल लगायत गठबन्धनले गर्ने हरेक कार्यक्रममा सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् ।