• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सात दर्जन मोटरसाइकल मिर्चैया प्रहरीको नियन्त्रणमा

राम नारायण पंडित, सिरहा, १७ पुस । अंगे्रजी सम्वत २०१६ प्रवेशका अवसरमा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सिरहामा मोटरसाइकल चेकजाँच गर्ने कार्यलाई तिब्रता दिईएको छ ।
मादक पदार्थ सेबन गरी मोटरसाइकल चलाएको भन्दै ७ दर्जन भन्दा बढीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिईएको अस्थायी टफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरीक्षक अर्जुन सोडारीले जानकारी गराए । मादकपदार्थ सेवन गरी क्षमता भन्दा बढी ब्यक्ति सबार भई मोटरसाइकल चलाएकोले नियन्त्रणमा लिईएको उनले बताए ।
सबारी साधन चेकजाँचमा कडाई गर्दा जिल्लामा कुनै किसिमको दुर्घटना नभएको सोडारीले दाबी गरे । नियन्त्रणमा लिईएकाहरुलाई प्रकृति हेरी कार्बाही गर्ने सोडारीले बताए । यसैगरी जिल्लाका बिभिन्न स्थानमा पनि दर्जनौं चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिईएको बताईएको छ ।
मधेशमा लामो समयदेखि जारी रहेको आन्दोलनको कारणले सबारीसाधन चेकजाँचमा केही खुकुलो गरेपनि फस्ट जनबरीलाई दृष्टिगत गर्दै कुनै अप्रिय घटना हुन नदिन खास गरी मादकपदार्थ सेबन गरी र बिना हेल्मेट क्षमता भन्दा बढी व्यक्ति सबार भई मोटरसाइकल चलाउनेहरुलाई कडाई गरिएको टफिक प्रहरी नायब निरीक्षक सोडारी जानकारी दिए ।