वीरगञ्ज १२ पुस । आन्दोलनकारीहरुको एक समूहले मधेसी पत्रकार समाज पर्सा कार्य समिती सदस्य एवं भोजपुरी टाइम्स दैनिकका प्रकाशक अजय कुमार चौरसियामाथि भएको दुव्र्यवहारको समाजले भत्र्सना गरेको छ ।
समाजका जिल्ला अध्यक्ष सन्तोष पटेलले आइतवार एक प्रेश बिज्ञप्ती जारी गर्दै यस्ता गलत क्रियाकलाप अबिलम्ब रोक्न मधेस केन्द्रित दलका नेताहरुसँग आग्रह गरेका छन् । उनले दोषीमाथी कडा कारवाहीको माँग गर्दै पत्रकार चौरसिया माथी भएको घटनाको घोर निन्दा एवम् भत्र्सना गरेका छन् ।
करिब २ः३० बजेको समयमा वीरगञ्जको मुर्लीबाट घण्टाघर जाने क्रममा नेश्नल ट्रेडिङ्ग अगाडि आन्दोलनकारीहरुले मोटरसाइकलमा तेल चेकजाँच गर्ने बहानामा हातपात गरेका हुन् । हातपातका क्रममा सञ्चारकर्मी चौरसियाको सर्ट समेत च्यातिएको पिडित चौरसियाले बताए । आफु पत्रकार हो भन्दा पनि आन्दोलनकारीहरुले मोटरसाइकलबाट ओरालेर हातपात गरेको जानकारी दिए ।
सञ्चारकर्मीहरुमाथि विभिन्न बहाना बनाई आन्दोलनको नाउँमा लोकतन्त्रको खुलेयाम खिल्ली उडाउँदै दण्डहिनता समेतमा आन्दोलनकारीहरु उत्रेका छन । यता उक्त घटनाको बारे मधेसी मोर्चा र गठबन्धनका नेताहरुले अनभिज्ञता जनाएका छन् ।