वीरगञ्ज, १२ पुस । स्वतन्त्र नागरिक समाज पर्साले आपुर्ति सहज बनाउन नेपाल सरकार आग्रह गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकार केशवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै समाजले जारी मधेस आन्दोलनको कारण पर्सा जिल्ला लगायत सम्पुर्ण मधेसको जन जीवन प्रभाबित हुदाँ समेत नेपाल सरकार गम्भिर नभएको र राहत बितरणमा समेत नेपाल सरकारले बिभेद गरेकोले समाजको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । छिमेकी जिल्ला मकवानपुर र चितवनमा स्थानिय प्रशासनको सक्रियतामा डिजल पेट्रोल सप्ताहमा दुई पटक बितरण हुने गरेको तर बारा, पर्सालगायत मधेसको जिल्लामा यस्तो व्यवस्था नगरिएको समाजको आरोप छ ।
समाजले जारी मधेस आन्दोलनको कारण अति नै प्रभाबित बनेको पर्सा जिल्लामा पहाडी जिल्लाहरु झैं सुगम तरिकाले हप्तामा दुई पटक डिजल, पेट्रोल उपलब्ध गराउन र वन डिभिजन कार्यायल पर्साबाट दाउरा उपलब्ध गराउन माग गरेको छ । समाजका केन्द्रीय संयोजक सरोज कुमार कर्णको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा समाजका संरक्षक एवं पुर्वराज्यमन्त्री मोहनलाल चौधरी, सदस्यहरु लालबाबु पटेल, सोनालाल रौनियार, गौरव संतोष पटेल र अधिवक्ता महेन्द्र प्रसाद साह लगायतको सहभागिता रहेको थियो ।
छन् ।