• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
‘भैंसके आगे बिन बजाए भैंस रहे पगुराई’

वीरगंज, १२ पुस । ‘भैंसके आगे बिन बजाए भैंस रहे पगुराई’ भोजपुरी उखानलाई चरितार्थ गरिरहेको बर्तमान सरकार प्रमुखका बिरुद्ध संघिय समावेसी मधेसी गठबन्धनले आइतवार पुर्व पर्साको वीरगञ्जमा भैंसीसहितको जुलुश प्रर्दशन गरेको छ ।
जारी मधेस आन्दोलनको आज १३७ औं दिन हुँदा पनि सरकारको व्यवहार भैंसी जस्तै भएको आरोप लगाउँदै वीरगञ्जको घण्टाघरबाट निस्केको भैंसीसहितको जुलुस नगर परिक्रममा गरी घण्टाघर पुगेर सभामा सम्पन्न भएको छ । गठबन्धनका संयोजक सरीफ अहम्दको अध्यक्षतामा आयोजित उक्त सभामा मधेसीहरुको मागसहितको ज्ञापनपत्र भैंसीलाई बुझाउदै नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले अब पनि सरकार सचेत नभए देश ठुलो दुर्घटनामा पर्ने भन्दै चिन्ता व्यक्त गरे ।
सभामा गठबन्धनसँग आवद्ध मधेसी जनअधिकार फोरम गणतान्त्रिकका महासचिव महम्द कदम रसुल, जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष महाराज यादव, रामसपा पर्साका सचिव धर्मेन्द्र पटेल, सदस्य रोशन पटेल, संघिय समावेसी मधेसी युवा गठबन्धनका युवा नेता धुरेन्द्र पटेल, तमरा अभियान पर्साका धन्नजिव मिश्रा, नेसपाका पप्पु पटेल, प्रवक्ता सुजित त्रिपाठी, गठबन्धनका नेता किसोरी यादवलगायतका नेताहरुले सम्बोधन गरेका छन् । 4