• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेता महतोमाथि भएको आक्रमण विरुद्ध मधेशका जिल्लाहरुमा प्रदर्शन

नेता महतोमाथि भएको आक्रमण विरुद्ध मधेशका जिल्लाहरुमा प्रदर्शन

राजविराज, १२ पुस । बिरानगरको जोगवनी नाकामा शान्तिपुर्ण धर्नामा सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोसहित आन्दोलनकारीहरुमाथि प्रहरीले गरेको दमन विरुद्ध सप्तरीसहित मधेशका जिल्लाहरुमा आइतवार पनि जारी रहेको छ ।
विगत साढे चार महिनादेखि जारी आन्दोलनका क्रममा प्रहरी दमनमा नेता महतो गम्भीर घाइते भएपछि आन्दोलन तीब्र भएको हो । जोगबनीमा गरिएको प्रहरी दमनको विरोधमा शनिवारैदेखि प्रदर्शन जारी रहेको छ ।
मधेशी मोर्चा, युवा विद्यार्थी मोर्चा सप्तरीले विहानैदेखि सदरमुकाम राजविराजमा प्रदर्शन जारी राखेका छन् । विहान छिटफुट रुपमा व्यवसायीहरुले पसलहरु खोल्ने तयारी गरे पनि मोर्चाले पसल नखोल्न चेतावनी दिएपछि बजार पुनः बन्द भएको छ । विहानैदेखि सदरमुकामसहित विभिन्न स्थानहरुमा मोर्चाले प्रदर्शन जारी राखेका छन् ।
यसैगरी बिराटनगरमा समेत विरोध प्रदर्शन जारी रहेको छ भने जोगबनी नाका अझैं सञ्चालनमा आउन सकेको छैन । यता नेपाल सदभावना पार्टी पर्साका अध्यक्ष मनोज कर्णको नेतृत्वमा भएको सो प्रर्दशनमा पार्टीका केन्द्रीय सदस्य शिव पटेल,अनिरुद्ध सिंह, पप्पु पटेल, पर्साका उपाध्यक्ष संतोष साह, सचिव जादोलाल साह, प्रवक्ता सुजित त्रिपाठी, पार्टीका नेता भागिरथ साह, भरत सर्राफ,युवा नेता अनिल गुप्ता,फोरम गणतान्त्रिकका महासचिव महम्द कदम रसुल, तमरा अभियानका धन्नजय मिश्रा लगायतका स्थानीय नेताहरुले प्रदर्शन जारी राखेका छन् ।
यसैगरी सिरहाको लहान, माडर लगायतका स्थानहरुमा जोगबनी घटनाको विरोधमा प्रदर्शन जारी रहेको छ । सिरहा जिल्लामा रहेका बजारहरु पूर्ण रुपमा बन्द रहेको छ । प्राप्त जानकारी जिल्लाको सुनसरी, महोतरी, बारा, पर्सा, धनुषालगायतका जिल्लाहरुमा प्रदर्शन जारी रहेको जनाइएको छ । shiv3