• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गठबन्धनद्वारा प्रदर्शन र जागरण सभा

वीरगञ्ज, ११ पुस । संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साद्वारा शनिवार वीरगञ्जस्थित गहवामाई मन्दिर अगाडि अधिकार प्राप्तिकालागि मधेस युवा जागरण सभा आयोजना गरियो ।
युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवको सभापतित्वमा सम्पन्न सभामा बोल्दै नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले अधिकार ,पहिचान र स्वभिमानको लागि भईरहेको मधेस आन्दोलन सफल नभएसम्म आन्दोलन नरोकिने बताए । मधेसमा बस्ने सम्पुर्ण मधेसी लगायत पहाडी समुदायले समेत ईमान्दारीपुर्वक मधेस आन्दोलन सफल पार्नमा सहयोग गर्न आग्रह गर्दै तीन दलिय सरकारले मधेसमा जति दमन गरे मधेसीहरु आफनो अधिकारबाट एक ईन्च पछाडि नहटने बताए ।
गठबन्धनका नेता शशिकपुर मियाँले जारी मधेस आन्दोलन उत्कर्षमा पुगेको बेला केही गलत तत्वहरुले कालो बजारी गरी मधेस आन्दोलन बदनाम गर्न लागेको हुदाँ त्यसता गलत क्रियाकलाप अबिलम्ब रोक्न सुझाव दिदै सबैजना मिलेर मधेस आन्दोलनमा सहयोग गर्न सम्पुर्ण मधेसी जनतासँंग आग्रह गरे । गठबन्धनका नेता राजकुमार यादवले तीन दलले जारी गरेको संबिधान कर्मकाण्डी भएको बताउदै संबिधान नभई तिन दलको विधान भएको बताए ।
3
राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले मधेस आन्दोलन बदनाम गर्ने तत्वहरुको युवा गठबन्धनले कडा प्रतिकार गर्ने बताए । सभामा पुर्वमन्त्री करिमा बेगम, युवा गठबन्धनका सल्लाहकार ओम प्रकास सर्राफ,गठबन्धनका नेताहरु कृष्णा प्रसाद कुर्मी,सुजित त्रिपाठी, अनिल गुप्ता, किसोरी यादव, शेख मुन्ना, रोशन कुमार,प्रवेज सर्राफ, धन्नजिव मिश्रा, जलेश्वर सरार्फ,महिला नेतृ मुन्नी श्रीवास्तवलगायतकाले सम्बोधन गरेका थिए । सभाको सहजीकरण उमेशलाल सहनी र स्वागत मन्तव्य धुरेन्द्र पटेलले गरेका थिए । कार्यक्रममा पर्सा जिल्ला चर्चित भोजपुरी गायक जितेन्द्र पटेल र धुरेन्द्र सहनीले गीत प्रस्तुत गरेका थिए ।