• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वीरगञ्जमा बृहत जुलुस प्रदर्शन, नेता कर्णद्वारा सम्बोधन

पर्सा, ११ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा सरकारको विरोधमा वीरगञ्जमा वृहत जुलुस प्रदर्शन गरिएको छ ।
वीरगञ्जको घण्टाघरदेखि सुरु भएको जुलुस माईस्थान, महाविर स्थान, अलखिया मठ, आदर्शनगर, घिडअर्वा लगायतको स्थानमा प्रदर्शन गरेको छ । प्रदर्शनपछिको कोणसभामा सदभावना पार्टिका सह अध्यक्ष लक्ष्मण लाल कर्णले शान्तिपुर्ण आन्दोलनले माग पुरा नगरे हतियार उठाउन बाध्य हुने बताए । सरकारले वार्ताको नांटंकी गरेर सम्पुर्ण मधेशी जनतालाई धोखा मात्रै दिदै आएको आरोप लगाए । जनताको जायज मागलाई सम्बोधन गर्नुपर्नेमा वेवास्ता गर्दै जम्बो मन्त्रि मण्डल र भागभण्डामा लिप्त रहेकोले यस्तो सरकारको कुनै काम नरहेको समेत बताए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जनपरिचालक समिताका संयोजक एवम् संघिय समाजवादि फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले मधेशको मुद्दा तुहाउनलाई ओली सरकारले आफना शब्दहरुबाट षडयन्त्र गरिरहेको आरोप लगाए । श्याम सुन्दर पटेलले स्वागत गरेको थियो भने तराई मधेश लोकतान्त्रिक पार्टिका पर्सा अध्यक्ष पुरुषोतम झा, सदभावना पार्टिका पर्सा अध्यक्ष इमदात गद्दि, तराई मधेश सदभावना पार्टिका पर्सा अध्यक्ष प्रेम चन्द्र कुशवाहा, संघिय समाजवादि फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव, यसैगरी नासिर खान, अनवर हुसेन, दिपक यादव, रामअसिश धानुक, जाटासंकर गुप्ता, जगदिस पटेल, लालवावु साह, सलाउदिन अहमद, नजिर अंसारी, जनार्धन यादव लगायतकाले मन्तव्य व्यक्त गरेका थिए भने कोण सभाको सहजिकरण चन्दन मिश्राले गरेका थिए ।