सप्तरी, १० पुस । मधेश आन्दोलनलाई सशक्त गर्ने उद्देश्यका साथ युवा विद्यार्थीको अहम भूमिका खेल्नुपर्नेमा एक कार्यक्रमका बक्ता युवा तथा विद्यार्थी नेताहरुले जोड दिएका छन् ।
मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीले सञ्चालन गरिएको मधेशी मुक्ति जनजागरण अभियान कार्यक्रम अन्तर्गत छिन्नमस्ता एजुकेशनल एकेडेमी क्याम्पस राजविराजान सम्पन्न कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो कुरा बताएका हुन् । युवा विद्यार्थी मोर्चाका सह–संयोजक तारकेश्वर यादवको अध्यक्षता तथा सदभावना विद्यार्थी मञ्चका अध्यक्ष किशोर कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोर्चाका सदस्यहरू विशाल यादव, दिनेश कुमार शर्मा, नरेश कुमार यादव लगायतले यस्तो बिचार व्यक्त गरेका छन् ।
क्याम्पसमा कक्षागत मधेशी युवा विद्यार्थी मोर्चा इकाई समिति समेत गठन गरिएको छ । रूचीका भगतको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा ममता कुशाहा, सचिवमा पुजा साह, सहसचिवमा प्रियंका यादव र कोषाध्यक्षमा गोतम चौधरी रहेका छन । सदस्यहरूमा क्रमश सरिता ठाकुर, रमिल्ला गरूङ्ग, अर्चना न्यौपाने, सिम्मा भट्टराई, सृजना भट्टराई, प्रतिमा बञ्जारा, सुनिता बुढा, पुजा मिश्र, लक्ष्मी यादव र पुष्पा चौधरी लगायत २१ सदस्यीय समिति गठन गरिएको हो । 
हेल्थ पहिलो वर्षको समितिमा अध्यक्ष विकास झा, उपाध्यक्ष सन्तोष यादव, सचिव आदित्य कुमार झा, सहसचिव अर्चना यादव र कोषाध्यक्ष राजकुमार यादव रहेका छन । त्यस्तै सदस्यहरूमा राजेन्द्र दास, सकुनतल्ला साह, रूवी यादव, निर्मला चौधरी, संतोष साह, राजकुमार यादव लागायत २१ सदस्यीय समिति गठन गरेका छन ।
तेश्रो वर्षको समितिका अध्यक्ष शाहरूख, उपाध्यक्ष विनोद साह, सचिव चतुर आनन्द यादव, सहसचिव रविन्द्र कुमार साह र कोषाध्यक्ष चन्दन साह रहेका छन भने सदस्यहरूमा राम मण्डल, देवेन अधिकारी, प्रदिपादित साह, मो.सफिद, संतोष पंडित, रमेश साह, किरण, अनिल दहाल, सञ्जय साह, संजीव यादव लगायत २१ सदस्य समिति समेत गठन गरिएको छ ।