• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लहानमा मैथिली बक्तृत्वकला प्रतियोगिता

लहान, १० पुस । सिरहाको लहानमा शुक्रवार मैथिली भाषामा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरियो ।
‘एक डेग मिथिलाक विकासक लेल’ मुल नाराका साथ’ मिथिला स्टुडेन्ट युनियन नेपालद्वारा ‘हम आ हमर पहिचान’ शिर्षकमा न्यू मनोकामना एजुकेशनल एकेडमीमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । विद्यालयमा पढाइ हुने अन्य विषयहरु जस्तै मैथिली विषय पनि समावेश गर्नुपर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय जयप्रकाश यादब, कमलप्रसाद यादव तथा भागेश्वर यादव भए । दिनेश रसियाको अध्यक्षतामा तथा रविन्द्र उदासीको प्रमुख आतिथ्य तथा फिरोज शेखको आतिथ्यमा सम्पन्न प्रतियोगितामा सहभागीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरियो ।
कार्यक्रम अवधिभरि तेजु मैथिलको गीत आरती विकको नृत्य तथा नारायन मधुशाला, हृदय सुमन, गजेन्द्र गजुर, धिरेन्द्र प्रमर्षिको कविता वाचन गरिएको थियो । कार्यक्रममा सहभागी विद्यालयका सहायक प्रिन्सिपल आशिष साहले अब आउने वर्षदेखी विद्यालयमा ५० अङ्कको मैथिली भाषा पुस्तक प्राथमिक तहमा लागु गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा रितेश मैथिल, सृजना गजमेर, अनिल महतो, जयकान्त मैथिल, गायत्री सिंह, नरेश बरबरिया, पत्रकार महेश सिह, जाबेद अली, सागर साह, रामदेब यादब, लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन अमरेश महतो र गजेन्द्र गजुरले संयुक्त रुपमा गरेका थिए । प्रतियोगितामा १५ जना छात्र–छात्राको सहभागिता रहेको थियो ।