राजविराज, ९ पौष । सप्तरीको राजविराज–हनुमानगर सडकखण्डमा विहीवार दिउँसो ट्रयाक्टरले किचेर एक जनाको मृत्यू भएको छ ।
सप्तरीको वथनाहा गाविस– वडा नम्वर–७ स्थित ढिकली चौकमा ना २ ख २९०१ नम्वरको ट्रकले किचेर सोही गाविस वडा नम्वर–६ का ४५ वर्षीय पैदलयात्री बेचु भनिने बेचन यादवको मृत्यू भएको उनका आफन्तजना युवा नेता सुभाष यादवले जानकारी दिए । हनुमाननगरतर्फ ट्रक लैजाने क्रममा उनलाई ट्रकले किचेका थिए । तत्कालै घटनास्थलमै मृत्यू भएका उनको शवलाई पोटिमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ । फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।