राजविराज ,९ पौष । मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीले सञ्चालन गरेको मधेशी मुक्ति जनजागरण अभियान कार्यक्रम बिहिबार समेत निरन्तरता पाएको छ ।
राजविराज स्थित क्षितिज क्याम्पस र छिन्नमस्ता एजुकेशनल एकेडमीमा कमिटि गठन गरिएको छ । मधेशी युवा विद्यार्थी मोर्चाका सह–संयोजक तारकेश्वर यादवको अध्यक्षता र विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोर्चाका सदस्यहरू विशाल यादव ,दिनेश शर्मा ,संजय यादव ,महेश यादव, नरेश यादव लगायतका वक्ताहरुले मधेश आन्दोलनको विषयमा बिचार व्यक्त गरे ।
कार्यक्रममा मधेशी युवा विद्यार्थी मोर्चा क्याम्पस समिति समेत गठन गरिएको छ । क्षितिज क्याम्पस इकाई समितिका अध्यक्षमा सितौली पटेल , उपाध्यक्षमा सशाङ्क साह सचिवमा महेश कुमार साह, सहसचिवमा अनु मण्डल, कोषाध्यक्षमा देवेन्द्र यादव र सदस्यहरू शिवनन्दन मण्डल ,करण कुमार मण्डलसमेत गरी २१ सदस्यी समिति गठन गरिएको छ ।
छिन्नमस्ता एजुकेश्नल एकेडेमीमा इकाई समितिका अध्यक्षमा रामकुमार मण्डललाई चयन गरिएको छ । उपाध्यक्षमा सन्तोष कुमार साह, सचिवमा शिवराम यादव, सहसचिवमा राजु पाण्डेय र कोषाध्यक्षमा पुष्पा साह रहेका छन भने सदस्यहरू अम्विका मण्डल, शर्मिला साह, निलम मंडल, सविता यादव, रञ्जित साह, आन्नद यादव, त्रिभुवन यादव, मञ्जु यादव, विवेक यादव पिण्टु यादव ,दिपेश यादव ,समिर दास लगायत २१ सदस्य समिति समेत गठन गरिएको छ ।
यसैगरी उदयपुर टेक्निकल इन्सिट्च्युटमा समेत इकाई कमिटि गठन गरिएको छ । प्रकृति सुनुवारको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा ममता दास, सचिवमा हिरा साह, सह–सचिवमा कोशला झा र कोषाध्यक्षमा भुवन यादवसहितका विद्यार्थीहरु रहेका छन । जगदम्बा टेक्निकल ईन्सिट्च्युटमा रोशन यादवको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा मोहम्म्द नसिर ,सचिवमा तनुजा झा ,सह सचिवमा चाँदनी साह र कोषाध्यक्षमा दिना साह सहित ३१ सदस्यीय रहेको युवा विद्यार्थी मोर्चाका प्रचार समितिका संयोजक चन्दन कुमार यादवले जानकारी दिए ।