• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सोमवार सप्तरीका सम्पूर्ण बैंकहरु खुल्ने

सोमवार सप्तरीका सम्पूर्ण बैंकहरु खुल्ने

राजविराज, ९ पुस । मधेशी मोर्चा सप्तरीले बिहिबार ‘क्रिसमस डे’को अवसरमा सोमवार जिल्लाका सम्पुर्ण बैंकहरु खोल्ने दिने निर्णय गरेको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा सोमवार सम्पन्न मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि मोर्चाले हप्ताको एक दिन शुक्रबार जिल्लाका सम्पुर्ण बैंकहरु खोल्ने निर्णय गरेको थियो ।
मोर्चाको बैठकले जिल्लामा भईरहेको पेट्रोलिय पदार्थ चोरी–तस्करी नियन्त्रण अभियानलाई नियन्त्रणका लागि शनिबार पेट्रोलियम पदार्थ सर्वसाधारणहरुलाई ल्याउन दिने निर्णय गरिएको मोर्चाका सचिवालय सदस्य एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले बताए ।