• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लायन्स क्लवद्वारा मध्यरातमा कम्बल तथा न्यानो लुगा वितरण

लायन्स क्लवद्वारा मध्यरातमा कम्बल तथा न्यानो लुगा वितरण

वीरगंज, ९ पुस । कठ्याङ्ग्रिदो जाडोमा खुल्ला आकाशमुनि रात कटाउन बाध्य गरिब असहायहरुलाई लायन्स क्लव अफ वीरगञ्ज कपलले न्यानो लुगा र कम्बल वितरण गरेका छन् ।
बुधवार रात्री ९ बजेदेखि मध्यराती १२ बजेसम्म वीरगञ्जका सडकपेटी, गल्ली, चोक, बसपार्क, अस्पताल, धर्मशाला, मन्दिरलगायतका स्थानमा खुल्ला आकाशमुनि रात बिताइरहेका गरिबहरुलाई लायन्स सदस्यहरुले कम्बल एवं न्यानो लुगा वितरण गरेको ल्यान्स क्लवका जोन चेयर पर्सन उमेश साह कानुले जानकारी दिए । कार्यक्रममा लायन्स क्लव ३२५ बी २ का सदस्यहरुको उल्लेख्य सहभागिता रहेको लायन मुकेश खेतानले बताए । क्लवले बिगतका बर्षहरुमा पनि विभिन्न सामाजिक सेवाका कार्यहरु गरेका थिए ।