• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आन्दोलन अवधिको ब्याज, कर र जरिवाना मिनाहाको माग

आन्दोलन अवधिको ब्याज, कर र जरिवाना मिनाहाको माग

राजविराज, ८ पुस । सप्तरीका यातायात व्यवसायीहरुले मधेश आन्दोलन अवधीभरीको ब्याज, कर तथा जरिवाना मिनाहा गराउन मधेशी मोर्चा सप्तरीसँग आग्रह गरेका छन् ।
सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारी, सगरमाथा ट्रक ढुवानी यातायात व्यवसायी संघका अध्यक्ष जगदिश प्रसाद अर्याल, सगरमाथा जिप भ्यान तथा माईक्रो मिनि, म्याजिक व्यवसायी संघका उपाध्यक्ष हरेराम यादव र सप्तकोशी माईक्रो व्यवसायी संघका इन्चार्ज मुकेश मिश्रले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । यातायातका साधनहरु मधेश आन्दोलन ोषणा भएको दिनदेखि आजसम्म पूर्ण रुपमा बन्द रहेका कारण गाडीमा काम गर्ने मजदुरहरुको दैनिक छाक टार्न समेत धौं–धौं पर्न थालेको विज्ञप्तिमा जनाइएको छ ।
गाडी सञ्चालन नहुँदा किस्ता रकम, गाडीका कागज पत्र र करहरु चार महिनादेखि तिर्न नसकेको अवस्था रहेको भन्दै आन्दोलनपछि ती गाडीहरु बैंक तथा फाइनान्सहरुले तानेर लग्ने अवस्था सिर्जना भएको उनीहरुको गुनासो छ । मधेश आन्दोलनको अवधिभरीको किस्ता नबुझाउने गाडीलाई ब्याज मिन्हा र कागजपत्र नविकरणमा आन्दोलनभरी कुनै किसिमको कर तथा जरिवाना नलाग्ने गरी व्यवस्था मिलाउन माग मोर्चासँग यातायात व्यवसायीहरुले माग गरेका छन् ।