• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेश आन्दोलनमा पूर्व डिएसपीदेखि जवानसम्म

मधेश आन्दोलनमा पूर्व डिएसपीदेखि जवानसम्म

वीरगञ्ज, ७ पुस । मधेश शान्ति खबरदारी युवा समिती पर्साका पदाधिकारीहरुलाई मङ्गलवार एक कार्यक्रमका बिच पोशाक बितरण गरिएको छ ।
वीरगञ्ज स्थित राधेमाई मन्दिर प्राङ्गणमा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी झाले जारी मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्न यो युवा दस्ता खडा गरिएको बताउदै आन्दोलनलाई बदनाम गर्ने गरी भईरहेको कालो बजारीलाई रोक्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
पर्सा जिल्लामा छरिएर रहेका पुर्व प्रहरीहरुलाई एक सुत्रमा बाँधी संस्थागत बिकास गर्नुको साथै आन्दोलनमा आ–आफनो क्षेत्रबाट नेतृत्वदायी भुमिका निर्वाह गर्दै मधेस र मधेसीको लागि काम गर्नको लागि युवा समिती गठन गरिएको बताए । मधेस शान्ति खबरदारी युवा समिती पर्साको युवा परिचालन समितिका संयोजक जटाशंकर गुप्ताको सक्रियतामा २५ जना युवा समिती पदाधिकारीहरुलाई पोशाक बितरण गरिएको छ । 1 (1)
समितीमा पुर्व प्रहरीका डिएसपीदेखि जवानसम्म गरी ५१ जना आवद्ध रहेका छन् । सवैजनालाई एकै किसिमको पोशाक बितरण गर्ने उदेश्यका साथ ५१ मध्ये २५ जनालाई बितरण गरेको संयोजक गुप्ताले बताए । कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टी पर्साका सचिव चन्दन मिश्रा, मधेस शान्ति खबरदारी समितीका बरिष्ठ सल्लाहकार शत्रुधन सिंह, पर्सा जिल्ला अध्यक्ष खेदु प्रसाद जयसवाल ,उपाध्यक्ष अरबिन्द यादव, सचिव सुरेश ओझा लगायतको सहभागिता रहेको थियो ।