राम नारायण पंडित
सिरहा, ७ पुस । सिरहा जिल्लामा बिगतका वर्षहरुभन्दा यो बर्ष अवैध लागुऔषध गाँजा खेती फस्टाएको छ ।
लामो समय देखि जारी मधेश आन्दालनका कारणले प्रहरी भ्यान राजमार्गमा केन्द्रित हुने गरेकोले जिल्लामा गाँजा खेती फस्टाएको हो । सिरहाको बरहरामाल, कर्जन्हा, कल्याणपुर कालाबन्जर, राघोपुर, महेशपुर पतारी, फुलबरीया, असनपुर, गोलबजार, जम्दह, तेतरीया, चन्द्रलालपुर, कसहा, मुक्सार, गोबिन्दपुर, ढोढना, लहान, ब्रहमान गोरछारी, सोनामती ममmौरा, हरीपुर लगायतका स्थानहरुमा करीब सय हेक्टर भन्दा बढी जमिनमा लागुऔषध गाँजा खेती भईरहेको छ ।
जिल्लामा भईरहेको गाँजा खेतीतर्फ प्रहरीको ध्यान नगएकोले अबैध लागुऔषध गाँजा खेती फडानी हुन सकेको छैन् । नाम नबताउने शर्तमा एक किसानले भने गाँजा खेती गर्नु हाम्रो रहर नभई बाध्य हो । पानीको समस्याले अर्का खेती गर्न सम्भव नभएकोले गाँजा खेती गर्नु परेको उनले बताए । सिरहामा उत्पादित गाँजा बिभिन्न नदीको बाटो र चोर बाटो भई भारतीय बजारहरुमा निकासी हुने गरेको छ ।