• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आत्मघाती बाटोमा नलाग्न मोर्चालाई संयोजक गुप्ताको आग्रह

आत्मघाती बाटोमा नलाग्न मोर्चालाई संयोजक गुप्ताको आग्रह

सिरहा, ७ पुस । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले नेपाली कांग्रेस, एमाले र माओवादीले तयार गरेको रोड म्यापलाई सरकारले अनुमोदन गरे पछि अब वार्ताबाट समस्या समाधानको सम्भावना क्षीण भएको बताएका छन् ।
संघीय समावेशी मधेसी गठबन्धनले सिरहाको कल्याणपुर बजारमा सोमवार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । ‘संसदमा प्रस्तावित संविधानको संशोधनबाट भावी संसदमा मधेसको नगन्य सीट बढेपनि यसबाट जनसंख्याको आधारमा मधेसीको प्रतिनिधित्वको सिद्धान्त सुनिश्चित हुन सक्दैन’ उनले भने ‘संसदको उपल्लो सदन राष्ट्रिय सभाको बिषयमा यो संशोधन मौन छ ।’
संसदमा अगामी तीन दशकसम्म मधेसको सीट नबढने व्यवस्थामा यस संशोधनले कुनै परिवर्तन ल्याउन नसक्ने तथ्य गुप्ताले जनसमक्ष राखे । मधेसी मोर्चाका नेताहरू भारत भ्रमणबाट फर्केपछि समाधानको दिशामा मधेसको सवालहरू झन् फँसेको उनले टिप्पणी गरे । ‘मधेसी मोर्चाका नेताहरू सरकार र तीन दललाई आफुखुशी अगाडि बढ्न संकेत दिएको होस्’ पूर्वमन्त्री समेत रहेका गुप्ताले भने ‘मोर्चाले बिरोध गरी रहेको छ, सरकार आफ्नै सूर तालमा बढी रहेको छ, यो स्थिति दिल्ली भ्रमण पछि देखिनु रहस्यमय भएको छ ।
सरकार आफु खुशी नै भएपनि मांग पुरा गरेको देखाउने अनि मोर्चा भने बिरोध जारी नै छ भने देखाउने खेलको प्रपञ्चमा आन्दोलन फँस्न लागेको कुरा तर्फ सचेत रहनुपर्ने उनले बताए । मधेसी मोर्चाका एक ठूला नेताले हालै अब सरकार बदल्नुपर्ने धारणा व्यक्त गरेको सन्दर्भमा तमरा अभियानका संयोजक गुप्ताले आशंका व्यक्त गर्दै भने ‘केही नेताहरू पुनःसत्ता समर्पण र मुद्दा विसर्जनको उही पुराना बाटोमा हिडन त लागेको हैन् ? यस्तो आत्मघाती बाटोमा नलाग्न आग्रह छ । 12373226_10205548879187646_688152588480835225_n
‘मोर्चाले माओवादी वैद्यसँग मोर्चाबन्दी गरे, वैद्यले नाकाबन्दी पछि मधेसीलाई भारतीय दलाल भने, मोर्चाले लिम्बुवानसँग मोर्चाबन्दी गरे, अहिले लिम्बुवानवाला भन्दैछन कि झापा, मोरंग र सुनसरी प्रदेश नम्वर २ मा मिलाए रगतको खोलो बगाउँछु’ नेता गुप्ताले अगाडि भने ‘मधेसी मोर्चाले यस्तासँग मिल्न खोजे तर संघीय समावेशी मधेसी गठबन्धनलाई अछुत ठानेको छ, मोर्चाले किन यसो गर्दैछ ?
सभालाई सम्बाधन गर्दै गुप्ताले अब मोर्चाले स्पष्ट प्रतिवद्धताका साथ तथा ईमान्दारीपूर्वक मधेसीको मांग पुरा गराउनु पर्नेमा जोड दिए । सरकारले संसदमा प्रस्तुत गरेको दुई बिषयको संशोधनबाट र सरकारले भने बमोजिम सीमाङ्कन टुङ्याएर मधेस आन्दोलनको मांग पुरा हुन नसक्ने दावी गरे । मधेसी मोर्चाले पनि अन्तको इसारामा भन्दा पनि मधेसी जनताको चाहना बमोजिम वार्तालाई अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।
सभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष तथा गठबन्धनका नेता शरदसिंह भण्डारीले मधेस आन्दोलन ३ वटा ‘क’ कलम अर्थात सबै प्रशासनमा भागिदारी, क अर्थात कोषस विकासमा हकदारी र क अर्थात कारतूस भनेको सेना प्रहरीमा समावेशीकरणका लागि भइरहेको बताए । भण्डारीले आफु रक्षामन्त्री भएको बेला नेपाली सेनामा ३ हजार मधेसी युवालाई भर्ना गराउन चाहेको तर, मधेसी नेताहरू कै असहयोगले पुरा गराउन नसकेको प्रसङ्ग कोट्याए ।
सोही सभामा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसीले लडी रहेको यो लडाई मधेसीले राज्यमा आफ्नो अंश खोज्न र मधेसमा मधेसीको वंशको रक्षाता लागि भएको बताए । गणतान्त्रिक फोरमका अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलनको अवस्था, गठबन्धनको उद्देश्यको बारेमा बिचार व्यक्त गरेका थिए । तमरा अभियानका नेता सुरेन्द्र प्रसाद साह लगायत गठबन्धनका नेताहरूले सभामा बोलेका थिए । नेता रामबाबु यादवको अध्यक्षतामा सभाको आयोजना गरिएको थियो ।