• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सहीद दशन चौकमा विरोधसभा र काग भेला

राजविराज, ६ पुस । मधेशी मोर्चा सप्तरीले विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै सोमवार राजविराज स्थित सहीद दशन चौकमा विरोधसभाको आयोजना गरिएको छ ।
जारी आन्दोलनको मागलाई सम्वोधन नगरी दमन जारी राखेकोले त्यस विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । विगत सवा चार महिनादेखि मधेशमा शान्तिपूर्ण आन्दोलन जारी रहेको चर्चा गर्दै मधेशी जनताको शालिनतापूर्ण आवाजलाई बेवास्ता गरिएको वक्ताहरुले बताए ।
मोर्चाका नगर समितिका संयोजक उमेश साह ‘कमाण्डो’को अध्यक्षतामा आयोजित सभामा संघीय समाजवादी फोरम नेपालका शिवशंकर यादव, तराई मधेश अभियानका जिल्ला संयोजक रामदत्त साह, तराई मधेश सद्भावना पार्टीका उपाध्यक्ष गोपाल झा, नेपाल सद्भावना पार्टीका रमेश प्रसाद सिंह, नेपाल सद्भावना पार्टीकी नेतृ साबित्री पंडित, मधेशी मोर्चाका क्षेत्रीय संयोजक लक्ष्मण यादव, मलेठ मोर्चाका रामकिसुन यादवसमेतकाले सम्बोधन गरेका छन् । 1
सोही सभामा हास्य कलाकार जिबछ दासले काग भेला गरेका छन् । कलाकार दासले मधेशको माग चाँडै सम्बोधन होस् यसकालागि सरकार र प्रमुख राजनीतिक दलहरुलाई सन्देश पठाउन कलाकार दासले उक्त भेलाको आयोजना गरिएको बताए ।