• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सदभावना पार्टीको पर्सा जिल्ला भेला सम्पन्न

सदभावना पार्टीको पर्सा जिल्ला भेला सम्पन्न

वीरगञ्ज, ६ पुस । सदभावना पार्टी पर्साको जिल्ला स्तरीय कार्यकर्ता भेला वीरगञ्ज मुर्ली– १५ मा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्वमन्त्री राजेन्द्र महतोले पर्सा जिल्लामा भइरहेको कालोबजारीलाई रोक्न कडा निर्देशन दिँदै जारी मधेस आन्दोलन उत्कर्षमा पुगेको बेला आन्दोलनमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । मधेस आन्दोलन सफल नभएसम्म आन्दोलन जारी रहने बताए । पर्सा जिल्ला अध्यक्ष ईम्दाद गद्दी सुगाको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेलामा पार्टीका सह–महासचिव एवम् अधिवक्ता सुरेन्द्र कुर्मी, केन्द्रीय सदयस्यहरु निजामुदिन समानी, मोहनलाल चौधरी, लालबाबु यादव, मोहन यादव, रेखा घिमिरेलगायतकाले सम्बोधन गरेका थिए ।
सोही भेलाले जिल्ला कार्य समिती पर्साको पुनर्गठन गरिएको छ । ईम्दाद गद्दी सुगाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिती गठन गरिएको छ ।

नव गठित समितीको उपाध्यक्षमा जगदिश प्रसाद कुर्मी,सचिव राजेश साह, कोषाध्यक्ष रामअशिष धानुक, प्रवक्ता भुपेन्द्र तिवारी, सदस्यहरु अशोक पटेल, रामचन्द्र गिरी, देवेन्द्र साह, सुरेन्द्र चौरसिया, नबि आलम, धर्मेन्द्र पटेल, गगनदेव प्रसाद, राजकुमार साह, अनिरुद्ध कलवार, पन्नालाल साह, ध्रुप कलवार, किशोरी कलवार, नगिना साह कानु, रमेश सहनी, मनोज प्रसाद कुर्मी, नुरुलहोदा लगायतको रहेका प्रवक्ता भुपेन्द्र तिवारीले जानकारी दिए ।