• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

युवा विद्यार्थीहरुद्वारा क्याम्पसहरुमा अन्तरक्रिया कार्यक्रमको निरन्तरता

युवा विद्यार्थीहरुद्वारा क्याम्पसहरुमा अन्तरक्रिया कार्यक्रमको निरन्तरता

राजविराज, ६ पुस । संयुक्त मधेशी युवा बिद्यार्थी मोर्चा सप्तरीद्वारा जनजागरण अभियान अन्तर्गत मधेश आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन शैक्षिक संस्थाहरुमा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएको छ ।
जारी मधेश आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनकालागि जनजागरण अभियान सञ्चालन गर्ने निर्णय अनुसार विभिन्न क्याम्पस तथा विद्यालयहरुमा सङ्गठन बिस्तार गरेको छ । संयुक्त युवा बिद्यार्थी मोर्चाद्वारा सोमवार पनि निर्धारित कार्यक्रम अनुसार राजबिराजका दुई वटा उच्च .मा.बि.मा अन्तक्रिया गर्दै आन्दोलन सशक्त बनाउन सङ्गठन तयार पारिएको छ ।
बल्र्डभिजन मोडर्न उच्च मा.बि. क्याम्पसमा मोर्चाका संयोजक शम्भु कुमार यादवको अध्यक्षतामा तथा संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य अशोक यादव, मोर्चाका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवसमेतको उपस्थितिमा बृहत बैठकबाट नरेश कुमार यादवको अध्यक्षतामा ४१ सदस्यीय ईकाई कमिटी गठन गरिएको छ ।
गठित कमिटिको उपाध्यक्षमा, अर्जुन माली, सचिवमा देवकृण्ण यादव, सह–सचिवमा नम्रता शर्मा कोषाध्यक्ष मनिषा शर्मालाई चयन गरिएको छ । सदस्यहरुमा क्रमशः रोशन साह, दिपा झा, जय सदा, बैद्यनाथ पंडित, मुकेश राय, बेचन खङ्ग, आरती यादव, नैना झा, नेहा साह, अनुजा मेहता, दिपा यादव, पिंकी साह, ललिता साह, सञ्जय पासवान, चन्दन झा, बिवेक यादव, गायत्री यादव, राशनी यादव, रबिन्द्र कुमार सुतिहार, सिवानी पटेलसहित ४१ सदस्यीय ईकाई समिति गठन गरिएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दे संघिय समाजवादी फोरमका बिद्यार्थी ईन्चार्ज अशोक यादवले युवा बिद्यार्थीले मधेश आन्दोलनलाई सशक्त बनाउन सक्रियतापुर्वक सहभागी भएर आन्दोलनलाई निर्णायक मोडमा पुर्याउन महत्वपुर्ण भुमिकाको आवश्यकता रहेको बताए ।
यसैगरी सोमवार टोली नम्वर २ द्वारा पाराडाइज कलेज राजविराजमा बिद्यार्थी मञ्चका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा तथा विकास तिवारीको प्रमुख आतिथ्यमा उक्त कलेजमा बिभिन्न संकायका कक्षाहरुमा ईकाई कमिटि गठन गरिएको छ । सो अन्तरक्रियामा मोर्चाका सह–संयोजक तारकेश्वर यादव, युवा नेता बिशाल यादव, महेश यादव, दिवाकर साहलगायतले मन्तव्य व्यक्त गरे । उक्त अन्तक्रिया कार्यक्रममा नेता विकास तिवारीले अबको आन्दोलन आरपारको लडाई भएकोले युवा विद्यार्थीहरु ठुलो शक्ति भएकोले आन्दोलनमा सम्पूर्ण बिद्यार्थीहरुले सहयोग गर्न अपिल गरेको प्रेस संयोजक चन्दनकुमार यादवले जानकारी दिए ।