वीरगञ्ज, ६ पुस । पुर्व घोषित कार्यक्रम अन्र्तगत बन्द बिद्यालयका शुल्क तिर्ने बिषयमा संघिय समावेसी मधेसी गठबन्धन पर्साले सोमवार वीरगञ्जको नारायणी रंगशालामा अभिभावक भेला सम्पन्न गरेको छ ।
गठबन्धन पर्साका संयोजक सरीफ अहम्दको अध्यक्षतामा सम्पन्न भेलामा सहभागी अभिभावकहरुले मधेस बन्दको क्रममा मधेसवासीको जनजीवन पुर्णरुपले प्रभावित भईसकेको यर्थात कसैबाट नछिपेको चर्चा गर्दै यस्तो घडीमा बिद्यालय सञ्चालन नै नगरी पर्साका निजी बिद्यालयहरुले अभिभावक संग तिन महिनाको शुल्क माग्नु नैतिक अपराध भएको तर्क राखेका थिए । आनदोलनको क्रममा बन्द बिद्यालयक अवधिभरीको शुल्क नलिन बिद्यालय संचालकहरुसँग गठबन्धनले पटक–पटक आग्रह गर्दा पनि गठबन्धनको आग्रहलाई वेवास्ता गर्दै प्याब्सन र एन प्याब्सन वीरगञ्जले अभिभावकहरुलाई शुल्क तिर्न पठाएको बिलप्रति भेलामा भएको बृहत छलफल पश्चात कुनै पनि हालतमा बन्द अवधिको शुल्क नतिर्ने सहमती भएको छ ।
भेलामा गठबन्धनका नेताहरु शिव पटेल, राजेशमान सिंह, किशोरी यादव, महम्द कदम रसुल, कृष्णा पटेल, ईशवर यादव, पुर्वमन्त्री करिमा वेगम, चेतनशिल अभिभावक संघका द्विवेन्द्र तिवारीलगायत अभिभावकहरुले आ–आफनो बिचार व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण उमेशलाल सहनीले गरेका थिए ।