राजविराज, ५ पुस । सप्तरीको राजविराज–रुपनी सडकखण्ड अन्तर्गत रायपुरमा आइतवार मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।
राजविराज नगरपालिका वडा नम्वर–७ का ३० वर्षीय रविलाल मेहतरको घटनास्थलमै मृत्यु भएको हो । रुपनीबाट राजविराजतर्फ आउँदै गरेको स ४ प ९७३८ नम्वरको मोटरसाइकलले साइकललाई बचाउने क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मेहतर र विपरीत दिशाबाट आइरहेको नम्वर नखुलेको मोटरसाइकल समेत ठाउँमा दुर्घटना हुँदा उक्त मोटरसाइलमा सवार पकरी गाविसका विरेन्द्र यादव घाइते भएका छन् । दुर्घटनामा परी मृतकको पत्नी तथा ३ वर्षीय छोरी समेत घाइतेको प्रहरीले जनाइएको छ । घाइते तीनै जनाको राजविराज स्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।